पोखरामा मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुँदै
पाेखरा | असोज १८, २०८०
पोखरामा: पोखरामा असोज १९ गते तेस्रो मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुने भएको छ । मन्टेश्वरी एसोसिएसन कास्कीले पोखरामा तेस्रो मन्टेश्वरी चाइल्ड शो हुने जानकार दिएको हो ।
पोखरा सभागृह हलमा आयोजना हुने ट्यालेन्ट शोमा पोखरामा रहेका ३२ मन्टेश्वरीका ४ सय ४० जना बालबालिकाहरुको सहभागिता रहने अध्यक्ष शान्ति बास्तोलाले बताइन् । उनका अनुसार एसोसिएसनमा ४८ मन्टेश्वरी स्कुल आबद्ध छन् ।
मन्टेश्वरीमा भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । मन्टेश्वरी चाइल्ड केयर गर्ने संस्था मात्रै नभई शिक्षा दिने संस्था पनि भएको सन्देश प्रवाहका लागि ट्यालेन्ट शोको आयोजना गरिएको उनको भनाई थियो ।
कार्यक्रमकी संयोजक रिता पौडेलले ट्यालेन्ट शोमा ३२ आइटम प्रस्तुत हुने बताइन् । एकैपटकमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राख्ने उनले खुलाइन् ।
संस्थापक अध्यक्ष अरुणा शेरचनले साना बालबालिकाहरुमा पनि प्रतिभा हुन्छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको बताइन् ।
कार्यक्रम सहसंयोजक बिष्णु घिमिरेले एसोसिएसनको नियमित कार्यक्रम अन्र्तरगतनै कार्यक्रम आयोजना गरिएको बताए । उनले यस कार्यक्रम लाई निरन्तरा दिदै जाने जनाए।
ट्यालेन्ट शोमा पुरस्कारको भने व्यवस्था गरिएको छैन । कार्यक्रममा बालबालिकाले गायन, चित्रकला, नृृत्य, अभिनय तथा नयाँ अन्य प्रतिभा समेत प्रस्तुत गर्न पाउनेछन् । ६ वर्ष मुनिका बालबालिकाको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम सफल बनाउनको लागि मुल आयोजक समिति सगै बिभिन्न उपसमिति समेत बनाइएको छ ।
सन् २००० बाट कास्कीमा मन्टेश्वरी स्कुल संचालन भएता पनि २०७२ सालमा मात्रै मन्टेश्वरी एसोसिएसन कास्की नामक संस्थाको स्थापना भएको आयोजकले जनाएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

